समाचार देश राजनीतिक समाज 

बालेन शाहले बोलेका कुरा यसरी गर्दैछन् पूरा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह फरक सोच र विचारका साथ आएसँगै उनले एकपछि अर्को नयाँ कामको सुरुवात गर्ने संकेत देखाएका छन् ।

खानेपानीको हाँहाँकार भएको काठमाडौँमा विकल्पसहित आएका मेयर बालेनले काठमाडौं महानगरपालिकाले शहरभित्रका रेस्टुरेन्टलाई पब्लिक बनाउने निर्णय लिएलगत्तै यसको कार्यान्वयन सुरू गरेर आँटे र चाहे गर्न सकिन्छ भन्ने कुरालाई देखाएका छन् ।

काठमाडौंका रेस्टुरेन्टले मेयर बालेन्द्र साहको पहललाई साथ दिन थाले लगत्तै राम्रो काम गर्नै साथ पाइन्छ भन्ने कुराको सबल उदाहरण बनेको छ ।

शाहले मेयरका रूपमा पदभार ग्रहण गरेकै दिन नगर कार्यपालिकाको बैठक डाकेर काठमाडौंका रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेको एक साता नबित्दै लागू भएको छ ।

सो दिनको निर्णय अनुसार नरसिंह चोक मार्ग, काठमाडौँमा रहेको आरडिएक्स रेस्टुरेन्ट, ट्याटू एण्ड बारले आजबाट आफ्नो शौचालयलाई सार्वजनिक बनाएको छ ।

Facebook Comments Box

Related posts