५ दिनमा नै १० करोड ग्रस कमाएको ‘कबड्डी ४’ले ‘छक्कापञ्जा’को रेकर्ड तोड्न सक्ला ?
चलचित्र ‘कबड्डी ४’ले रिलिजको पाँच दिनमा नै १० करोड रुपैयाँ ग्रस कमाइ गरेर नेपाली फिल्मको कीर्तिमान राख्न सफल भएको छ ।
‘कबड्डी ४’ले पहिलो सप्ताहन्त ८ करोड रुपैयाँ ग्रस ओपनिङ गर्दै सोमबार र मंगलबार दुई करोड रुपैयाँ ग्रस कमाएसँगै नयाँ किर्तीमानी कायम राख्न सफल भएको हो ।
छक्कापञ्जाको तेस्रो श्रृंखलाको कुल कमाइ १६ करोड रुपैयाँ ग्रस रहेकोमा ‘कबड्डी ४’ले यही गतिमा व्यापार कायम राखेमा त्यसलाई जितेर अर्को किर्तीमानी कायम गर्ने संभावना बढेर गएको छ ।
‘कबड्डी’को चौथो श्रृंखलाले पहिलो साता ‘कबड्डी’कै तेस्रो श्रृंखलाको कुल कमाइ १३ करोड रुपैयाँ ग्रसलाई उछिन्ने निश्चित भएका बेला ‘कबड्डी ४’को अकुपेन्सी मुख्य मल्टिप्लेक्समा ८० प्रतिशत रहेको छ ।
‘छक्कापञ्जा’का तीनैवटा श्रृंखला, ‘कोहिनुर’, र ‘छ माया छपक्कै’ले १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको भएता पनि ‘कबड्डी ४’को शृखलाले भने ति सबै किर्तीमानी रकेर्डहरु तोड्ने संभावना बढेर गएको देखिएता पनि दोस्रो साता नयाँ फिल्म समेत रिलिज हुने भएकाले ‘कबड्डी ४’लाई चुनौती भने देखिन्छ ।