समाचार देश राजनीतिक समाज 

बतास समूहलाई पशुपति धर्मशालामा होटल चलाउन दिएको अन्तरकालीन आदेश बदर

जिल्ला अदालत काठमाण्डौले बतास समूहलाई नेपाल–भारत मैत्री पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने गरी यसअघि गरेको अन्तरकालीन आदेश बदर गरेको छ ।

आज बुधवार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघि काठमाण्डौ जिल्ला अदालतले बतास समूहको पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरेको पशुपति क्षेत्र विकास कोषका कोषध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो ।

गएको चैत २५ गते जिल्ला अदालत काठमाण्डौले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा आनन्द बतास समूहले सञ्चालन गरिरहेको होटलको पक्षमा अन्तरकालीन आदेश दिएको थियो ।

त्यो अन्तरकालीन आदेशविरुद्ध पशुपति क्षेत्र विकास कोषले निवेदन दिएको थियो । निवेदनको आजसुनुवाइ गर्दै न्यायाधीश पोखरेलको इजलासले पशुपति क्षेत्र विकास कोष र बतास समूहबीचको करार भङ्ग भइसकेकाले पुनः होटल सञ्चालन गर्न दिनु कानुनअनुसार नहुने भन्दै अन्तरकालीन आदेश बदर गरिदिएको विकास काषेले जनाएको छ ।

Facebook Comments Box

Related posts