रोचक / अनौठो दुनिया 

विदेशमा रहेका प्रेमीले अप्ठ्यारोमा फसे भन्दै प्रेमीकासँग लाखौँ रकम यसरी धुते

काठमाडौं । आफ्नो मायालु, पति वा प्रेमी कतै जाँदा पत्नि वा पतिलाई निकै असहज महशुस हुन्छ । यो कुरा चोखो मायामा मात्रै लागू हुन्छ । जसको पछिल्लो उदाहरण बनेकी छिन् ‘अन्तरिक्षमा अड्किएका’ प्रेमीलाई धर्तीमा ल्याउन पल गर्ने प्रेमीका । यो खबर हो जापानको । जहाँ एक महिलाले ‘अन्तरिक्षमा अड्किएका रसियाली यात्री’ लाई धर्तीमा फिर्ता ल्याउन ४।४ मिलियन येन ९३०,००० डलर० पठाएको खुलासा भएको छ ।

६५ वर्षकी जापानको सिघा प्रान्तकी वृद्धा रसियाली अन्तरिक्ष यात्री भनेर दाबी गर्ने एक व्यक्तिसँग प्रेम सम्बन्धमा थिइन् । इन्टरनेशनल स्पेस स्टेशनमा फसेका उनलाई धर्तीमा फिर्ता ल्याउनका लागि उनले ३० हजार डलर अर्थात करिब ४० लाख रुपैयाँ पठाएको रहस्य बाहिर आएको छ । ति महिला ‘अन्तरिक्ष यात्री’ सँग यसै वर्ष जुन महिनादेखि प्रेम सम्बन्धमा रहेको र उनीहरु छिट्टै विबाह गर्ने तयारीमा रहेका बेला उनका प्रेमी इन्टरनेशनल स्पेस स्टेशनमा फसेपछि उनी एकाएक तनावमा आइन् ।

सोसल मिडियामा भेट भएका उनीहरु डिपलभमा थिए । यी दुईबीच लाइन मेसेजिङ एपमार्फत् कुराकानी हुने गर्दथ्यो । ती व्यक्तिले आफ्नो प्रेम व्यक्त गर्दै उनीसँग विवाह गर्नका लागि जापानमै बसोबास गर्ने बचन दिएपछि ति महिला झनै खुशी थिइन् । तर उनका इन्टरनेशनल स्पेस स्टेशनमा फसेका भनिएका प्रेमी झुठो खबर बताउँदै पटक पटक पैसा माग्न थालेपछि ति महिलाले यो सारा रहस्य जापान प्रहरीलार्य बताइन् ।

आफ्नो अनलाइन प्रेमीलाई पाँच पटक गरी जम्मा ३० हजार डलर पठाएपछि उनलार्य शंका लागे लगत्तै उनी प्रहरीकोमा पुगेको अन्तरािष्ट्रय मिडियाले उल्लेख गरेको छ । ति बृद्धाको कुरा सुनेर प्रहरी पनि चकित परेको समाचारमा जनाइए पनि उनलाई ठग्ने अनलाइन प्रेमीलाई भने प्रहरीले पक्राउ गरे नगरेको समाचारमा जनाइएको छैन ।

Facebook Comments Box

Related posts