रोचक / अनौठो दुनिया 

यी युवती जसले सर्वोच्चको गेट अगाडि रातो रंग फ्याँकेपछि एकाएक चर्चामा आइन्, आखिर उनी को हुन् ? किन फ्याकिन् रातो रंग ?

काठमाडौं : सेतो पहिरनमा आएर सर्वोच्चको गेट अगाडि रातो रंग फ्याँक्ने युवती को हुन् ? जसले कडा सुरक्षका बिच पनि चिच्याउदै रंग फ्याकिन् ।

सर्वोच्चको गेट अगाडि सेतो पहिरन लगाएकी एक युवती रातो रंग फ्याँकेकी छन् ।ट्याक्सीमा आएर सरासर ओर्लिएपछि रातो रंगको घोल राखिएको बट्टा उनले सर्वोच्चको गेट अगाडि फ्याकेकी हुन् ।

श्रीमानबाट हिंसामा पर्दा पनि न्याय नपाएको भन्दै उनले चिच्याएर रातो रंगको घोल फालेकी हुन् । प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा राखेपछि उनले भनिन्, ‘सबै बिक्यो, अदालत बिक्यो, न्यायाधीश बिक्यो, मैले कहाँबाट न्याय पाउने रु १६ दिने अभियान चलाइराख्दा खै पीडितलाई न्याय रु’नी सर्वोच्च अदालत आउन लागेको प्रहरीलाई पहिल नै जानकारी भएकाले प्रहरीहरुको तैनाथी बढाइएको बताइएको छ ।

तर ती युवतीलाई रातो रंग फ्याँक्नबाट प्रहरीहरुले रोक्न सकेनन् । रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्या प्रयाससमेत गरेकी बिनु यादवको मुद्दा पाटन उच्च अदालतमा विचाराधीन छ ।

Facebook Comments Box

Related posts