मोनोरंजन भिडियो समाचार 

आफ्नै बिवाहमा सलोन किन बने भावुक ? करोडौको बिहेमा को- को पुगे (हेर्नुस भिडियो)

काठमाडौं ।

अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । ३ वर्ष देखीको प्रेम सक्बन्धलाई यो जोडीले बिहेमा परिणत गरेका हुन् । बिहेमा अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सलिनमान बनिया, अभिनेत्रीहरु पूजा शर्मा, वर्षा राउत लगायत अरु कलाकारहरुको पनि उपस्थित थियो ।

यता सोमवार अनमोल र सलिनबीच भेट भएको छ । भेट अरु कहिँ होइन, अभिनेता सलोन बस्नेतको विवाहमा भएको हो । चन्द्रागिरि हिल्स रिसोर्टमा भएको विवाह समारोहमा सहभागी हुने क्रममा उनीहरु आमने-सामने भएका हुन् । भेट हुँदा उनीहरु एकअर्कासँग तर्किएनन् । हात मिलाउँदै अंकमाल गरे । घर फर्किने क्रममा अनमोल र सलिनबीच लामै संवाद पनि भएको थियो ।

उनीहरुबिचको घनिष्ट दोस्ती पनि देखियो चन्द्रगिरीमा । सलिनमान सलोनसँग नजिक भएकाले पनि उनी मेहेन्दी सेरेमोनीबाट नै बैबाहिक समारोहमा सहभागी थिए । अनमोल केसी भने बिहेमा सहभागी हुन चन्द्रागिरी पुग्दा उनीहरुको जम्काभेट भएको हो । चन्द्रागिरीमा पुगेका अनमोल र सलिन लामो समयसम्म गफिए । अनमोल र सलिन बैबाहिक समारोहमा लामो समय एकसाथ बसेका थिए ।

अनमोल र सलिमान एकसाथ देखिँदा दुवैका प्रशंसकहरुमा खुसीको सीमा छैन । उनीहरु दुवै सलोनसँग निकै नजिक छन् । केही फिल्ममा एकसाथ काम गरेकाले पनि उनीहरुबीच बलियो मित्रता छ । सलिनमान त केही दिनदेखि सलोनको विवाहकै रमझममा रमाइरहेका छन् । विवाहपूर्व भएको मेहेन्दी कार्यक्रममा सलिनको काँधमा चढेर सलोनले नाचेको भिडियो यतिबेला भाइरल छ ।

Facebook Comments Box

Related posts