समाचार मोनोरंजन 

उच्च अदालतले पल शाहलाइ दियो सफाइ । भोलि जेलमुक्त हुने

काठमाडौँ- जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा पोखरा उच्च अदालतले अभियोगमा दाबी नपुग्ने ठहर गरेको छ ।

पोखरा उच्च अदालतको यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका छन् ।

उच्च अदालत पोखराले आइतबार पुनरावेदनको सुनुवाई गर्दै अभियोग दाबी नपुग्ने ठहर गरेको हो । शाहले नवलपरासी अदालतको आदेशविरुद्द पोखरा उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो भने तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो ।

शाह एक वर्षयता कारागारमा छन् । आदेशसँगै उनी अब जेलमुक्त हुने भएका छन् ।

Facebook Comments Box

Related posts