मोनोरंजन 

छोरीलाई जन्म दिएपछि चम्कियो नायिका श्वता खड्काको भाग्य,थालिन यस्तो काम

काठमाडौं । छोरीलाई जन्म दिएपछि नायिका श्वेता खड्काको जीवनमा फेरी खुशीको बहार थपिएको छ ।

सुत्केरी भएको छोटो समयमा नै नायिका खड्काको ध्यान अब फिल्म निर्माण र व्यवसायतिर सोझिएको छ ।

श्वेताले अनलाइन सपिङ प्लेटफर्म ‘अल्टिमोडल’ सञ्चालनमा ल्याएकी छन् । काठमाडौं उपत्यका बाहिरका ग्राहकलाई लक्षित गर्दै श्वेताले यो अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको उनी निकट स्रोतले जनाएको छ ।

ग्राहकले घरमै बसेर प्लेटफर्ममा उपलब्ध हुने ब्रान्डेड सामान अर्डर गर्न सक्ने बताइएको छ ।

हिमालय जाभा, एमआरएस एण्ड इन्जिनियरिङ, केही रेस्टुरेन्ट र कृषि फार्म सञ्चालनमा ल्याइसकेकी लश्वेताले पछिल्लो समय संचालनमा ल्याएको अनलाइन व्यवसाय मार्फत किसानले आफ्ना उत्पादनलाई सिधै वेबसाइटमा पनि पोस्ट गर्न सक्ने छन् । श्वेताले छिट्टै नै एक फिल्म निर्माण गर्ने बताएकी छिन् ।

Facebook Comments Box

Related posts