मोनोरंजन 

आखिर किन अभिनेत्री पूजा शर्माले आफ्नो प्रेमि युद्धलाई मिडियाबाट टाढै राख्छिन ? यस्तो रहेछ कारण

काठमाडौं ।

अभिनेत्री पूजा शर्मा जति विवादित बन्छिन्, व्यक्तिगत जीवनका कारण उनको चर्चा पनि उतिक्कै हुने गरेको छ । आकाश श्रेष्ठसँग पानी बाराबार भएपछि युद्ध बानियाँसँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेकी उनी अब विवाह गर्न ढिलो गर्ने पक्षमा छैनन् ।

युद्धसँग भर्खर प्रेम अंकुराउँदा पूजा प्रेम सम्बन्धको बारेमा बोल्न खासै रुचाउँदिन थिइन् । प्रेमीलाई लिएर सार्वजनिक कार्यक्रममा पनि उनी पुग्ने गरेकी थिइनन् । आफ्नो पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिज भएपछि भने उनले युद्धलाई आफ्नो छायाँ बनाएर हिँड्ने गरेकी छन् । मिडियाको लावालस्कर हुने सार्वजनिक कार्यक्रममा पनि आजभोली उनी युद्धसँग निर्धक्क पुग्ने गर्छिन् ।

शनिबार अभिनेता सलोन बस्नेत र करिश्मा केसीको मेहेन्दी र संगीत कार्यक्रममा पूजा प्रेमीकै साथमा पुगेकी थिइन् । बुधबार साँझ काठमाडौंको एक होटलमा भएको रिसेप्सन पार्टीमा पनि उनी युद्धलाई साथमै लिएर उपस्थित भएकी थिइन् । त्यहाँ उनीहरुले मिडियाका लागि एकसाथ तस्बिर खिचाउन हिचकिचाएनन् । तर, मिडियासँग बोल्ने क्रममा भने पूजाले युद्धलाई अगाडि सारिनन् ।

युद्ध लजालु स्वभावको भएकाले मिडियामा बोल्न अप्ठ्यारो मान्ने भन्दै उनले मिडियामा बोल्नका लागि पनि उपयुक्त समय आउने बताइन् । उनले युद्धलाई मिडियामाझ चिनाउन नचाहे पनि सलोन-करिश्माको रिसेप्सन पार्टीमा उपस्थित भएका आफू नजिकका व्यक्तिहरुसँग भने चिनजान गराएकी थिइन् । उक्त पार्टीमा युद्धले केही पटक पूजालाई ‘सानु’ भनेर बोलाएको सुनिएको थियो ।

Facebook Comments Box

Related posts