भिडियो समाचार 

दोहोरीबाट कमला घिमिरे बिबादमा आएपछि बोले बद्री पंगेनी, कमला र गाउन लगाउने अग्रजलाई यस्तो भने (भिडियो सहित)

दोहोरी गीतबाट कमला घिमिरे बिबादमा आएपछि बद्री पंगेनी बोलेका छन् । कमलाको भन्द पनि गाउन लगाउने अग्रजको कमजोरि हो भन्दै उनले मुख खोलेका हुन् । तेही गीत गाउनु पर्छ र अरु गीत छैनन् भन्दै उनले अरुलाई चोट दिने गित गाउनु गलत हो भन्दै प्रष्ठ पारेका छन् ।

यता आज मात्रै बाल गायिका कमला घिमिरेले माफी पनि मागिसकेकी छिन् । लाइभ दोहोरी गीत विवादास्पद र आलोचित बनेपछि बालगायिका कमला घिमिरेले अन्तत माफी मागेकी हुन् । गायिका समिक्षा अधिकारीलाई लक्षित गर्दे गीत गाएर आलोचित बनेकी उनले सामाजिक संजालबाटै माफी मागेकी छन् ।

फेसबुकमार्फत गायिका घिमिरेले ‘कुनै प्लान गरेर डलरकै लागि भनेर, सोचेर, सम्झेर, स्क्रिप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्ने गरी गाइएको गीत होइन ।’ बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिनु भन्दै लेखेकी छन् । उनले गीत गाएपछि उनको चर्को आलोचना भएको थियो । कतिपय दोहोरी कलाकारले उक्त गीतको स्क्रिप्ट अरु कसैले लेखेको हुनसक्ने अनुमान गरेका थिए ।

उनी लेख्छिन्, ‘यसबाट पर्न गएको असरप्रति हृदयबाटै माफी माग्छु । सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला । आइन्दा यस्तो गल्ती हुनेछैन ।

अब उपरान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु । सधैं हजुरहरुकै प्रिय बन्न पाऊँ, गीत-संगीतमै रम्न पाऊँ, कहींकतै बिराएछु भने सल्लाह सुझाव दिंदै गर्नु है ।उनले उक्त गीत सुमन परियारसँग मिलेर गाएकी थिइन् । हेर्नुहोस यो भिडियो ।

Facebook Comments Box

Related posts