स्वास्थ्य / टिप्स 

यी हुन् महिलाको पाठेघरमा देखिने ३ समस्या, यी संकेतलाई भूलेर पनि नगर्नुहोस् वेवास्ता

जैविक कारणले पनि महिलाको स्वास्थ्य पुरुषको तुलनामा अलि बढी संवेदनशील हुन्छ । जसका कारण पुरुषमा भन्दा केही बढी स्वास्थ्य समस्या महिलामा देखिने गर्छ । यसमा पनि प्रजनन उमेर समूहका महिलालाई सामान्यदेखि जटिल स्वास्थ्य समस्याले सताई नै रहन्छ । यी हुन् महिलामा देखिने पाठेघरसम्बन्धी केही स्वास्थ्य समस्या :

पाठेघर झर्ने
महिलामा देखिने प्रमुख स्वास्थ्य समस्यामध्ये पाठेघर झर्ने एक हो । विशेषगरी, ग्रामीण क्षेत्रका महिलामा यस्तो समस्या बढी मात्रामा देखिने गर्छ । सन्तान जन्माएका, उमेर नपुगी गर्भवती भएका, सुत्केरी भएको ६ हप्ताभन्दा अगाडि नै जटिल शारीरिक काम गर्दा, गर्भवतीको अवस्थामा पौष्टिक आहार नलिँदा यस्तो समस्याले सताउने गर्छ ।

पाठेघरमा ट्युमर
महिलामा देखिने अर्को जटिल समस्या भनेको पाठेघरमा ट्युमर पनि हो । शरीरमा हर्मोनको मात्रा बढी भएमा यस्तो ट्युमरको समस्या हुने गर्छ । यो एउटा आनुवंशिक समस्या पनि हो । परिवार नियोजनको साधनका रूपमा डिपो सुई लिने महिलामा पनि यस्तो समस्या देखिन सक्छ ।

पाठेघरको क्यान्सर
नेपालका महिलामा पाठेघरको मुखको क्यान्सर जटिल समस्याका रूपमा देखा परेको छ। यतिसम्म कि महिलामा देखिएको क्यान्सरमा सबैभन्दा बढी यसैको समस्या भएको पाइन्छ। उमेर नपुग्दै विवाह भएका, यौनसम्पर्क राखेका, धेरै पुरुषसँग शारीरिक सम्बन्ध राख्ने, धेरै सन्तान जन्माउने महिलामा यस्तो क्यान्सर हुन सक्छ।

त्यस्तै, खानपिनमा ध्यान नदिने, अत्यधिक परिवार नियोजनका साधन प्रयोग गर्ने, पिल्स खाने महिलालाई पनि पाठेघरको मुखको क्यान्सर लाग्ने सम्भावना हुन्छ । पाठेघरको क्यान्सर भए-नभएको कुरा प्याप स्मेरबाट पत्ता लगाउन सकिन्छ।

Facebook Comments Box

Related posts