Others Blog जीवन भिडियो समाचार मोनोरंजन समाज 

अर्जुनले रोमान्टिक भएर विवाह मै रुवाए दुलहीलाई, ससुराले कमेडी गरेर मरिमरि हसाए (भिडियो)

चर्चित संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बैवाहिक जीवनमा बाँधिएका छन् । कोरोना भाईरसको महामारीका बीच शुक्रवार राजधानीको एक मन्दिरमा यो जोडीको बिवाह भएको हो । सरकारले बनाएको नियम पालना गर्दै भएको उनिहरुको बिवाहमा सिमित साथीभाई र आफन्तको उपस्थिती रहेको थियो ।

बैशाखको लागि तय भएको बिवाह लकडाउनका कारण सरेको थियो । अहिले लकडाउन चलिरहेको भएता पनि केहि खुकुलो भएको छ । अब मंसिरसम्म लगन नभएको कारण अर्जुन-दुर्गाले आजै बिवाह गरेका हुन् ।अर्जुन-दुर्गाले अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका थिए । अर्जुनको संगीतमा दुर्गाले थुप्रै गीत गाएकी छन् ।

गायकको रुपमा समेत दर्शकमाझ आइसकेका यी संगीतकारले संगीतबद्ध गरेका केही लोकपि्रय गीतहरुमा ‘तिमी रोएको पल तिमीलाई’, ‘म यस्तो गीत गाउँछु, जुन प्रेम गीत बनोस्’, ‘सुन्छु तिमीले मलाई’, ‘ओई झुमा काले काले केटाले’, ‘भन्छु आज’, ‘तिम्रो आँखामा आँशुहेरी’, ‘साइबा हो साइबा’, ‘किन आजकल तिम्रो मन मैलो’, ‘मैले सोचेको जस्तै’, ‘आफ्नै जिन्दगी’, ‘रहर छ सँगै’, ‘पछि उमेर ठल्किन्छ’, ‘तिम्रो लागि म छु’, ‘मैले तिमिलाई मन पराको अवस्था हो’, ‘तिमी लाइटर म भाको चुरोट….’आदि अत्यन्त लोकपि्रय छन् ।

दर्जनौं नेपाली चलचित्रमा संगीत दिइसकेका संगीतकार पोखरेलले सुगम संगीतमा आधारित आधुनिक तथा लोक गीतमा पनि आफ्ना सिर्जना प्रस्तुत गरिसकेका छन् ।

Facebook Comments Box

Related posts