रोचक / अनौठो दुनिया Football Others Sports अन्तर्राष्ट्रिय समाचार समाज 

नेपालले बंगलादेशसँग फुटवल खेल्ने : यस्तो आयो तालिका, कस्ले जित्ला अनुमान गर्नुहोस् !

यही नोभेम्बर दोस्रो सातामा बंगलादेशको राष्ट्रिय टोलीसँग नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यस कुराको जानकारी अखिल नेपाल फुटबल संघले दिएको हो ।

शुक्रबार एक विज्ञप्ति जारि गर्दै मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय खेलकुद परिषद राखेप बाट प्रशिक्षणका लागि स्वीकृति समेत प्राप्त गरेको अखिल नेपाल फुटबल संघले जनाएको छ । राष्ट्रिय टोलीले दशैंपछि प्रशिक्षण सुरु गर्नेछ । दुवै खेल नोभेम्बर ११ देखि १९ बिचको अन्तर्राष्ट्रिय खेल विन्डोमा संचालन हुनेछ ।

नेपालले फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गतका खेलका लागि तयारी गर्ने भनेपनि कोरोनाका कारण यसअघि खेल स्थगित भएको थियो । खेल स्थगित भएसँगै एन्फाले प्रशिक्षण तयारी समेत बन्द गरेको थियो । तर यो मैत्रीपूर्ण खेलका लागि को को खेलाडी रहनेछन् भनेर एन्फाले जानकारी दिएको छैन ।

खेलका लागि बंगलादेशले नै एन्फासमक्ष प्रस्ताव राखेको जानकारी प्राप्त भएको छ भने दुवै खेल बंगलादेशमा नै हुने तयारी हुदैछ । कोरोनाका कारण लामो समयदेखि स्थगित खेल गतिविधि एन्फाको यो कदमसँगै सुचारु हुने आशा गरिएको हाम्रो खेलकुद अनलाईनले लेखेको छ ।

Facebook Comments Box

Related posts