प्रेरित भनाइहरु 

काश जिन्दगीमा यस्तो पनि कोही हुन्थयो जसले केही नभनी दिलको हाल बुझिदिन्थ्यो

१. माफी माग्नेहरु सबैले गल्ती नगरेका पनि हुन सक्छन् ,किनकि कोही कोही मान्छेहरुमा आफू झुकेर पनि सम्बन्ध जोगाउने अद्दीतिय कला हुन्छ ।

२. जरुरी छैन कि टुट्नको लागि पथर र सिसा नै आवश्यक पर्छ। व्यवहार बद्लिएर निस्किएको बोलिले नि धेरै कुरा टुटाउने गर्छ जीन्दगीमा।

३. किन चिन्ता गर्नुहुन्छ यदि मान्छेहरुले तपाइलाई बुझेनन भने , चिन्ता त तपाइले तब गर्नुपर्छ जब तपाइले आफुलाई बुझ्नुभएको हुदैन..

४. जुनदिन तपाइले आफ्नो सोच ठूलो बनाउनुहुन्छ ठुला ठुला मान्छेहरु तपाइको बारेमा सोच्न शुरु गर्नेछन ।

५. पछाडी फर्किएर जीवन बुझ्न सकिन्छ तर जिन्दगी जिउनको लागि अगाडि बढ्नु आवश्यक हुन्छ.

६. दुनियाँको दवावमा नबहकिनुस किनकी दुनियाँले अन्तिम सास सम्म पनि तपाइलाई बर्बाद पार्नमा नै लागिरहेको हुन्छ ।

७. समय र जिन्दगी दुनियाकै सर्वश्रेष्ठ शिक्षक हो , जिन्दगी ले समय को सदुपयोग सिकाउछ र समय ले जिन्दगी को मूल्य बताउछ ।

८. बाटो कहिल्यै बन्द हुदैन अक्सर मान्छेहरु हिम्मत हार्छन ।

९. प्रयास हमेसा जारी राख्नुस सफल हुनुभयो भने नेतृत्व गर्न सक्नुहुनेछ यदि असफल हुनुभयो भने मार्गदर्शन गर्न सक्नुहुनेछ।

१०. सुन्दर तस्विर नेगेटिब बाट तयार हुन्छ र त्यो पनि अँध्यारो ठाउमा , त्यसैले तपाइको जिवनमा जब अन्धकार आउँछ तब सोच्नुस कि इश्वरले तपाइको भविष्यको लागि सुन्दर तस्विरको निर्माण गरिरहेको छ।

११. यदि तपाईं आफुले जे चाहेको हो त्यसको लागी लड्न सक्नुहुदैन भने तपाईंले जे पाउनुभयो त्यसको लागि रुनु व्यर्थ छ..

१२. तागत शब्दमा राख्नुहोस “आवाजमा होइन” किनकी बाली बर्षातले सपार्छ “बाढिले होइन”..

१३. हरेक मानिसका शब्द आफैमा अर्थपूर्ण हुन्छ तर खोजेर लेखिने शब्द भन्दा भोगेर लेखिने शब्दले चाहिँ सबै सबैको मन छुने गर्छ..

१४. राम्रो देखिने मात्र होईन “राम्रो” बन्ने पनि प्रयास गर्नुस…सबै मानिसहरु केवल “आखाँले” मात्र होइन “मनले” पनि नियालीरहेका हुन्सक्छन्..

१५. कुनैपनि चिजलाई बुझ्नको लागि ज्ञानको आवश्यकता पर्दछ ….. तर त्यसलाई महसुस गर्नको लागि अनुभवको आवश्यकता पर्दछ..

१६. काश जिन्दगीमा यस्तो पनि कोही हुन्थयो जसले केही नभनी दिलको हाल बुझिदिन्थ्यो ।

Facebook Comments Box

Related posts