भिडियो समाचार 

बुढेसकालको सहारा छोरा मृ’त्यु सँग लड्दै, रिक्सा चलाएर कसरि उपचार गरू भन्दै भ’क्कानिए बुवा (भिडियो सहित)

काठमाडौं । बुटवल ६ सुन्दरशान्ति नगरका कुवँर परिवारमा बुढेसकालको सहाराका रुपमा रहेका छोरा विशाल कुवँर मृत्युको मुखमा छन् । आफ्नो सहारा नै यस्तो हालतमा भएपछि ७० वर्ष पुगेका बुबाले अटो भाँडामा लिएर चलाउँनुहुन्छ । अटोबाट दिनभर कमिएको केही रकम बचाए बिहान–बेलुका घरमा खानेकुराको जोहो गर्नुहुन्छ ।

छोरालाई उपचार गर्दा सबै पैसा सकिएका कारण सहयोगका लागि बुबाआमाले अपिल गर्नु भएको छ । दुर्घटना भएपछि उनी मृत्युसँग लडिरहेका छन् । उनी साथीलाई भेटन जाँदा अगाडि कुकुर आएको र कुकुरलाई धपाउँने क्रममा बाइक दुर्घटनामा परि गम्भीर घाइते भएका हुन् ।

विवाह गरेका विशालकी श्रीमती भने बच्चा सहित फरार भएको र अहिलेसम्म कुनै सम्पर्कमा नआएको स्थानीय बताउँछन् ।युरोप जाने ठुलो सपना बोकेका विशाल घरको आर्थिक अभावले गर्दा जाँन पाएका थिएनन् ।

उनका बुबाका अनुसार आफन्त र समाजका जन्ताले चन्दा उठाएर सहयोग गर्नु भएको छ, तर अझै खर्च लाग्ने भएका कारण सहयोगका लागि आग्रह गर्नुभएको छ । यी बृद्ध–बृद्धा आमा बाबुलाई सहयोग गरेर छोरा बचाउँने आशाको दियोमा थोरै तेल हालिदिन सक्नुहुन्छ । सम्पर्क गर्नुहोला ।

Facebook Comments Box

Related posts