भिडियो समाचार 

श्रीमती एकाएक फरार भएपछि श्रीमान र दुधे बालिकाको रुवाबासी (भिडियो हेर्नुस)

पर्बत जिल्ला जलजला गाँउपालीका वडा नम्बर ५ निवासी मदन जिसी नाम गरेका पुरुष साउन ६ गतेबाट फरार भएकी सुजता जिसी नाम गरेकी आफ्नी श्रीमतीको खोजी गर्दै काखमा २ बर्षको नानी च्यापेर सहयोगको अपेक्षाका साथ मिडियामा आएका छन ।

बाख्रापालन ब्यबसाय गर्दै आएका उनले श्रीमतीको असह्य व्यवहारका कारण सम्झाउन खोज्दा श्रीमती आफुसँग रिसाएको बताउँछन । नानीलाई बाटोमा नै छोडेर श्रीमती हिडेपछी यो कुरालाई नै लिएर सम्झाउन खोज्दा श्रीमती झनझन आबेगमा आएको उनको भनाई छ ।

खाना खानेबेलामा परेको झगडाले गर्दा खाना पनि नखाई बाख्रा हेर्न गएका उनी घर फर्किदा श्रीमती कोठामा नरहेको बताउँछन । क’ठै बरा ! छोरीको माया र श्रीमतीको यादले मिडियासामु नै रुए उनी । छोरीले ठूलो भएर आमाबारे सोध्दा के जवाफ दिउ भन्दै भक्कानिए उनी ।

बाँकी हेर्नुस तलको भिडियोमा

Facebook Comments Box

Related posts