रोचक / अनौठो दुनिया 

वास्तुशास्त्र अनुसार घरमा यी सामानहरु राख्नुहोस, सधै सम्पन्न बन्नुहुनेछ

कतिपय मानिसलाई जीवनमा पैसाको सधै भाव हुने गर्छ । जीवनमा सफल हुनका लागि व्यक्ति दु:ख मेहनत गरेर पैसा कमाउछ, तर कयौं पटक धन सम्बन्धि समस्याहरुको बारेमा चिन्तित रहनछ भने यसको कारण आफ्नो घरमा रहेको वास्तु दोष हुन सक्छ ।

यस्तो दोषबाट मुक्ति तथा धन र सुखको लागि वास्तुशास्त्रमा यस्ता पाँच चिजका बारेमा बताइएको छ कि जसबाट धन एवं सुखमा बाधक तत्वको प्रभावलाई दुर गर्न सकिन्छ । साथै देवी लक्ष्मीको कृपा बनिरहन्छ । के तपाई कंगाल बन्नुभएको छ ? यी ५ कुराहरू घरमा राख्नुहोस् मालामाल भइन्छ ।

१. बासुरी
बासुरी वास्तु दोष निवारणका लागि बासुरीलाई अत्यन्तै प्रभावकारी चिज मानिन्छ । आर्थिक समस्याबाट मुक्ति पाउनका लागि व्यक्तिको घरमा चाँदीको बाँसुरी राख्न पर्द्छ । वास्तुशास्त्रमा भनिएको छ कि बाँसुरी घरमा राख्नाले घरमा लक्ष्मीको बास रहिरहन्छ । यसले पनि वास्तु दोष दुर हुन्छ र धन आगमनको स्रोत बन्न शुरु हुनेछ । शिक्षा व्यवसाय या नोकरिमा बाधा आउँदा सुत्ने कोठाको ढोकामा दुइटा बाँसुरी राखि दिनाले शुभ फलदायी हुनेछ ।

२. गणेशजीको प्रतिमा
गणेशजीलाई बिघ्नाहर्ता मनिन्छ । धन तथा सुख शान्तिमा परेको बाधालाई दुर गर्नको लागि नाच्दै गरेको गणेशजीको प्रतिमा घरमा राख्नाले अति शुभ हुन्छ । गणेशजीको यस्तो प्रतिमाको यस तरिकाले राख्न पर्नेछ कि घरको मुख्य द्वारमा गणेशजीको दृष्टि परोस् ।

३. लक्ष्मीको तस्बिर वा मुर्ति
देवी लक्ष्मीको तस्बिर वा मुर्ति तपाईंको घरमा अवश्य हुन सक्छ तर धन सम्पति वृद्धिको लागि लक्ष्मीको साथ घरमा कुबेरको मुर्ति या तस्बिर पनि हुन आवश्यक छ ।

४. कुबेरको तस्बिर वा मुर्ति
आय कुबेर महाराजले प्रदान गर्नु हुन्छ । यसैले दुवै एक अर्काका पुरक मानिन्छ । कुबेर महाराज उत्तर दिशाको स्वामी हुनाले कुबेरको तस्बिर वा मुर्ति सधै उत्तर दिशा मै राख्नुहोस् ।

५. शंख
वास्तुशास्त्रका अनुसार शंखमा वास्तु दोष भगाउने अद्भुत शक्ति हुन्छ । जहाँ नियमित शंख बजाइन्छ त्यहाँको आसपास को हावा सुद्ध र सकारात्मक हुन् जान्छ । शास्त्रमा भनिएको छ कि जुन घरमा देवी लक्ष्मीको हातमा शोवित दक्षिणवर्ती शंख हुन्छ, त्यो घरमा स्वयम् लक्ष्मीको बास हुन्छ । यस्तो घरमा धन सम्बन्धि समस्याहरु कहिले पनि आउँदैन् । यो शंखलाई रातो कपडाले बेरेर पूजा गर्ने ठाउँमा राख्नुपर्दछ र नियमित यसको पूजा गर्नुपर्छ ।

नोट : साथै तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

Facebook Comments Box

Related posts