रोचक / अनौठो दुनिया 

के चिनिया युवतीसँग प्रेमसम्बन्ध हुदाहुदै पुष्पासँग इन्गेजमेन्ट गरेका थिए सुधनले ?

काठमाडौं ।

नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपाने केही समय आगाडीदेखि दरबारमार्गस्थित केल्मी ब्रान्डको शोरुम सञ्चालन गर्दै आएकी थिइन् । तुलनात्मक रूपमा केही महँगो मानिएको केल्मी ब्रान्डकै लुगाकपडा लगाउन सोखिन थिए- काठमाडौं धुम्बाराही– ४ का २९ वर्षीय सुधन संग्रौला ।

पुष्पाकै शोरुमका नियमित ग्राहक भएका संग्रौलाको सोरुममा बसिरहेकी पुष्पासँग सुधनको आँखा जुध्यो त्यसपछि उनीहरुबीच घनिष्ठ सम्बन्ध हुन पुग्यो । सुधनले केही समयमा फेसबुकमा पुष्पालाई रिक्वेस्ट पठाए । पुष्पाले एक्सेप्ट गरिन् । दुईबीच कुराकानी बढ्दै गयो त्यसपछि यी दुई बीच प्रेमिल गफहरु सुरु हुन थाल्यो ।

संग्रौला परिवारमा तीन छोरा भएको तर छोरी नभएकाले पुष्पाले सजिलै सुधनको आमा बाबुको धेरै माया र स्नेह पाउन थालिन् । ‘पुष्पालाई उनीहरुले छोरीभन्दा पनि बढ्ता गरेका थिए । पुष्पा र सुधनको परिवारले उनीहरूकै राजीखुसीमा १८ भदौ २०७९ मा विवाहका लागि ‘इन्गेजमेन्ट’ सुपारी, टीका टालो गरे । ‘इन्गेजमेन्ट’ गरेको एक वर्षपछि विवाह गर्ने उनीहरूको तयारी थियो ।

भदौमा भएको इन्गेजमेन्ट केही समयसम्म राम्रै चलेको थियो । पुर्ख्यौली घर नुवाकोट भए पनि पछिल्लो समय पुष्पा न्यौपानेको परिवार काठमाडौंको बुद्धनगर बस्दै आएका थिए । यसले दुवै परिवारमा खुसियाली छाएको थियो । तर यो खुसि धेरै दिन टिक्न सकेन सुधन र पुष्पाबीच मनमुटाव बढरहेको थियो यसै बेला संग्रौला परिवार पुष्पाको घर पुगेको थियो ।

उनीहरु इन्गेजमेन्ट तोडिएको निर्णय सुनाउन आएका थिए र इन्गेजमेन्टमा गर्दा आदानप्रदान भएका सबै सामानहरु फिर्ता गर्नुपर्ने भन्दै आईरहेका थिए तर यो कुरा पुष्पा न्यौपानेको परिवारलाई मन्जुरी भएन । तर सुधन आफ्नो निर्णयबाट पछाडि हट्ने पक्षमा थिएनन् । परिवर स्रोतका अनुसार बुद्धनगरबाट फर्कँदै गर्दा सुधनका बुबाआमा निकै रोएका थिए । यो सम्बन्ध नतोडियोस् भन्ने पक्षमा स्वयं सुधनका बुबाआमासमेत रहेको थिए ।

परिवारका एक सदस्यले उनका साथीलाई उदृत गर्दै बताएअनुसार सुदन चीनमा रहँदा त्यहीँकी एक युवतीसँग सम्बन्धमा थिए । कोरोना महामारीपछि नेपाल फर्किएका सुदन ती युवतीसँग अलग भइसकेका थिए । नेपालमा फेरि पुष्पासँग सम्बन्ध गाँसिसकेका थिए ।

लकडाउनका बेला समस्यामा पर्दा व्यवसायलाई अघि बढाउन पनि सुदनलाई चिनियाँ युवतीले नै सहयोग गरेको न्यौपाने परिवारको बुझाइ छ । ‘यसबारे पुष्पाले थाहा पाएपछि दुईबीच मनमुटाव हुन थालेको हो’, भन्ने परिवर स्रोतको भनाई छ ।

पुष्पा कान्छी आमा, भाई र बुबासहित बुद्धनगर बस्दै आएकी थिइन् । सानै उमेरमा आमाको मृत्यु भएपछि बुबाले अर्की श्रीमती विवाह गरेपनि परिवारमा उनलाई कहिल्यै मायाको अभाव थिएँन। अहिले प्रहरीले सुधनलाई पक्राउ गरी हिरासतमा राखेको छ ।

Facebook Comments Box

Related posts