अन्तर्राष्ट्रिय मोनोरंजन 

छाडा अभिनेत्री उर्फी जाबेदलाई लाग्यो चोरीको आरोप

भारतको एक चर्चित रियालिटी शो ‘बिग बोस ओटीटी’ बाट अभिनेत्री उर्फी जावेद इन्टरनेट सेन्सेसन बनेकी छिन् । उनी जहाँ जान्छिन्, जे गर्छिन्, सबै कुरा फोटो पत्रकारको क्यामरामा कैद हुने गरेको छ उर्फी जावेदको लोकप्रियता यति छ कि उनको एक इन्स्टा पोस्टले सोशल मिडियामा तहल्का नै मच्चाइ दिने गरेको छ। उर्फी धेरै प्रोजेक्टमा नदेखिए पनि आफ्नो बोल्ड र सिजलिंग लुक्सका कारण निरन्तर चर्चामा रहने गरेकी छिन् ।

हालै उर्फी जावेद मुम्बईमा देखिएकी थिइन् । वास्तवमा उनी फोटोसुटमा व्यस्त थिइन् । यस क्रममा उर्फी फोटो पत्रकारको क्यामेरामा कैद भईन् । उर्फी जावेदको पहिरनको बारेमा हरेक पटक झैँ यसपटक पनि उनी निकै फरक र विशेष देखिएकी छिन् । तर उनी फेरी ट्रोल्स द्धारा शिकार बन्न पुगिन । उनी ट्रोलरको निशानामा परेकी हुन् । उनको पहिरन देखेर एक प्रयोगकर्ताले लेखेका छन्– यिनले मुस्लिमको नाम डुबाउँदैछिन् । रेशम क्रप शर्टको शीर्षको पछाडि स्ट्रिङ थियो।

उही समयमा, गुलाबी थाई उच्च स्लिट स्कर्ट ले उर्फीलाई झलक्कै बालेको नै थियो । जसमा बनियानमा त्रिकोण कट डिजाइन गरिएको थियो। भारी मेकअप गरिएको थियो र कपाललाई ब्रेडमा कसेर बाँधिएको थियो। उर्फी जावेदको मेकअप र हेयर लुक प्रियंका चोपडाको फिल्म ‘म्याट्रिक्स’ को नक्कल थियो। वास्तवमा, हालै प्रियंका चोपडाको सती लुक फिल्मबाट बाहिरिएको थियो, त्यसपछि उनको लुकको सोशल मिडियामा चर्चा भइरहेको थियो।

Facebook Comments Box

Related posts