अन्तर्राष्ट्रिय मोनोरंजन 

अभिनेत्री हिना खानको १३ वर्ष देखीको प्रेममा के ब्रेकअप लागेकै हो !

टिभी अभिनेत्री हिना खानले आफ्नो पब्लिसिटीका लागि नाटक गरेको खुलासा भएको छ । हिनालाई गायिका नेहा कक्कडबाट प्रेरणा मिलेको देखिएता पनि उनले आफ्ना फ्यानलाई झुटो बोलेकी छिन् । हिनालाई प्रमोशनको आडमा फ्यानको भावनालाई कसरी राख्ने भन्ने थाहा छ । सामाजिक सञ्जालमा एउटा क्रिप्टिक पोस्टमा हिनाले यस्तो लेखिन् कि मानिसहरुले ब्रेकअपको अनुमान गर्न थालेका थिए ।

तर नतिजा अर्कै निस्कियो । हिना खानका प्रेमी रकी जैसवालसँग कुनै ब्रेकअप भएको छैन । हिना र रकी अझै सँगै छन् । हिना खानले आफ्नो नयाँ प्रोजेक्टको प्रमोशनका लागि यो सबै गरेकी हुन् । उनको नयाँ सिरिज आउँदैछ जसको टिजर सार्वजनिक भएको छ । सिरिजको नाम कन्स्पिरेसी हो, जसमा धेरै गोप्य कुराहरु पर्दाफाश हुनेछन्, धोकाको सत्यता सार्वजनिक हुनेछ । टिजर हिना खान बाहेक उनका प्रेमीले पनि शेयर गरेका छन् ।

यस सिरिजमा हिना झुट र छलको जालमा फसेकी छिन् । आखिर यो षड्यन्त्र कसले रचेको हो त्यो शृङ्खलामा खुल्नेछ । हिनाले यो हत्याको रहस्यलाई प्रवर्द्धन गर्न एक क्रिप्टिक पोस्ट लेखिन्। सिरिजमा हिना खानसँगै कुणाल रोय कपुर, चन्दन रोय सन्याल देखिनेछन् । इन्स्टा स्टोरीमा यो टिजर सेयर गर्दै हिनाले लेखेकी छिन्– धोका भनेको एकमात्र सत्य हो जो टिक्छ । हिनाले हिजो राति आफ्नो इन्स्टा स्टोरीमा लेखेको यो त्यही लाइन हो ।

यो पोस्ट पढेपछि मानिसहरूले उनको र रकीको ब्रेकअपको बारेमा अनुमान गरेका थिए। दोस्रो पोस्टमा हिनाले रिलेशनशिपमा लेखेकी छिन्– जसले तपाईलाई धोका दियो उसलाई आँखा चिम्लिएर आफूलाई माफ गर्न कहिल्यै नबिर्सनुहोस्। कहिलेकाहीँ राम्रो मनले नराम्रो कुरा देख्दैन। हिनाको यो पोष्ट देखेर फ्यानहरु रिसाए र हिनाको लागि चिन्तित हुन थाले । तर अहिले हिनाले सस्पेन्स खुलाएकी छिन् । ब्रेकअपको खबरमा कुनै सत्यता छैन । हिना खान र रकी खुसी जोडी हुन् ।

Facebook Comments Box

Related posts