खेलकुद Football अन्तर्राष्ट्रिय समाचार 

मेस्सीको आर्थिक सहयोगमा नेपालमा बनेका १४ वटा स्वास्थ्य चौकी भवन

काठमाडौँ

अर्जेन्टिनाका फुटबल सुपरस्टार लियोनल मेस्सीको परोपकारी संस्था द लियो मेस्सी फाउन्डेसनले युनिसेफ नेपालसँगको सहकार्यमा नेपालका भूकम्प प्रभावित जिल्लामा १४ वटा स्वास्थ्य चौकी निर्माण गर्न सहयोग गरेको छ ।

युनिसेफ नेपालका अनुसार द लियो मेस्सी फाउन्डेसनले नेपालको भूकम्प प्रभावित आठ जिल्लामा स्वास्थ्य संस्था निर्माणमा सहयोग गर्न ५ लाख अमेरिकी डलरको कोष उपलब्ध गराएको हो ।

युनिसेफ नेपालसँगको सहकार्यमा द लियो मेस्सी फाउन्डेसनले भूकम्पले भत्किएका संरचना पुनर्निर्माणका लागि फाउण्डशेनले झण्डै ६ करोड ६० लाख नेपाली रुपैयाँ सहयोग गरेको हो ।

मेस्सीको नाममा स्थापित परोपकारी संस्थाले गोरखा, धादिङ र काभ्रेमा २-२, दोलखामा ४ तथा नुवाकोट, रामेछाप, ललितपुर र सोलुखुम्बुमा १-१ वटा गरी १४ वटा स्वास्थ्य चौकी भवन बनाएका छन् ।

द लियो मेस्सी फाउन्डेसनले युनिसेफ नेपालसँगको सहकार्यमा निम्न स्थानहरुमा स्वास्थ्य चौकी भवन वनाएको छ ।
काभ्रेपलान्चोक जिल्लामा – गैरि बिसौनी देउपुर र देवभूमी,
गोरखा जिल्लामा – दर्बुङ र मझुवा देउराली स्वास्थ्य चौकी,
धादिङ जिल्लामा – सल्यान्टार र नलाङ स्वास्थ्य चौकी,

स्वास्थ्य चौकी:
दोलखा जिल्लामा – लादूक, सुनखानी, दोलखा र पावती,
ललितपुर जिल्लामा– दलचोकी,
नुवाकोट जिल्लामा – वागेश्वरी,
रामेछाप जिल्लामा – ओख्रेनी,

सोलुखुम्बु जिल्लामा – फाप्लु अर्जेन्टीनी फुटबल स्टार लियोनल मेस्सी २०१९ मे महिनामा नेपाल आउने तय भएको थियो ! उनि युनिसेफको निमन्त्रणामा नेपाल आउन लागेका थिए ! उनि २०१९ मे ९ तारिकमा नेपाल उत्रने र करीब ४ दिन नेपालमानै रहने कार्यक्रम थियो !

नेपालमा रहदा मेस्सीले आफ्नो सहयोगमा निर्माण भएका स्वास्थ्य केन्द्रहरुको अवलोकन गर्ने र युनिसेफद्वारा आयोजित अन्तर्कृया कार्यक्रममा सहभागी हुने योजना थियो तर व्यस्थताको कारण मेस्सी नेपाल भ्रमणमा आउन सकेनन।

Facebook Comments Box

Related posts