रोचक / अनौठो दुनिया Cricket Others Sports अन्तर्राष्ट्रिय देश समाचार समाज 

आईसीसी टी २० विश्वकपका लागि नेपालले सोझै ग्लोबल छनोट खेल्न पाउने

सन् २०२२ मा अष्ट्रेलियामा हुने आईसीसी टी २० विश्वकपका लागि नेपालले सोझै ग्लोबल छनोट खेल्न पाउने भएको छ ।

आईसीसीले बनाएको नयाँ छनोट प्रक्रिया अनुसार २०२२ मा हुने टी २० विश्वकपका लागि २०२० को जनवरी एक तारिखसम्म बरियताका आधारमा जिम्बावे, नेपाल, यूएई र हङकङले सोझै ग्लोबल छनोटमा स्थान बनाएका हु्न् ।

२०२२ को विश्वकपमा आइसीसीले १६ टिमलाई सहभागिता गराउने भएको छ । २०२० मा हुने भनिएको यो विश्वकप कोरोनाका कारण २०२२ का लागि सरेको थियो ।

अब आईसीसीले यो विश्वकपका लागि अफ्रिका, अमेरीका, एशिया, पूर्वी एशिया र यूरोप गरेर ११ वटा क्षेत्रीय छनोट प्रतियोगिता गर्ने भएको छ । त्यहाँबाट ८ टिम दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् ।

सबै उपक्षेत्रीय र क्षेत्रीय छनोट प्रतियोगिता २०२१ र २०२२ को सुरुवातमा हुनेछन् । २०२० को जनवरीको बरियता अनुसार नेपालसँगै जिम्बावे, यूएई र हङकङले सोझै ग्लोबल छनोट खेल्न पाउने भएका छन् ।

उनीहरुले क्षेत्रीय छनोट खेल्नुनपर्ने भएको छ । २०२२ को विश्वकपका लागि १२ टिम २०२१ को टी २० विश्वकपबाट साझै छनोट हुनेछन् ।

बाँकी चार टिममा दुई टिम पहिलो ग्लोबल छनोटबाट आउनेछन भने बाँकी दुई टिम २०२२ मा नै हुने दोस्रो ग्लोबल छनोटबाट आउनेछन् ।

Facebook Comments Box

Related posts