प्रेरित भनाइहरु 

म पनि प्यारो थिए कुनै दिन कसैको नजरमा, तर नजर परिवर्तन हुन कहाँ समय लाग्दो रहेछ र – अनमोल भनाईहरु

१. उज्यालोमा त कोहि न कोहि भेटि नै हाल्छ, खोज त त्यस्तो मान्छेको गर जसले अध्याँरोमा पनि तिमीलाई साथ दिन्छ ।
२. या त आफै मेहेनत गरेर आफ्नो भाग्य लेख नत्र परिस्थितिले तिम्रो भाग्य लेखिदिने छ ।
३. जब कसैले तिमीलाई गिराउन खोज्छ तब यो मान्नु कि तमी त्यो भन्दा माथी रहेछौ ।
४. यदि तपाई भित्रको मान्छेले तपाईमाथी बिश्वास गर्छ भने बाहिरको मान्छेले तपाईको सफलतालाई रोक्न सक्दैन ।
५. मिठो मह बनाउने माहुरीले पनि डस्न सक्छ, त्यसैले होसियार रहनु, धेरै मिठो बोल्ने मान्छेले पनि तिमीलाई हानी पुर्याउन सक्छ ।

६. जीवनमा दुई प्रकारका मान्छेहरु असफल हुन्छन्, एउटा जो सोच्छन् तर गर्दैनन् र अर्को जो गर्नु भन्दा पहिले सोच्दैनन् ।
७. आफ्नो दुखलाई आफै भित्र राख्नु किनकि दुनियामा त्यस्तो मान्छेहरु पनि छन् कि तिम्रो दुखलाई रोई रोई सोध्छन् र हाँसी हाँसी दुनियालाई सुनाउछन् ।
८. जसलाई सपना देख्ने सोक छ उसलाई रात छोटो लाग्छ र जसलाई सपना पुरा गर्ने सोक छ उसलाई दिन छोटो लाग्छ ।
९. आफ्नो बारेमा अरुले बकवास गर्दा पनि जवाफ नदिनेहरुलाई कमजोर नसम्झनु किनकि तिनीहरु हिलोमा ढुंगा हान्न नचाहने समझदारहरु हुन्, त्यसैले त यिनीहरुको मन र कपडा सधै सफा हुने गर्दछ ।

१०. जिन्दगीको दौडमा यो जरुरी छैन कि तिमी अगाडी नै हुनुपर्छ र सबैलाई पछाडी पार्नु पर्छ भन्ने जरुरी त तिम्रो दौडमा सामिल भएर दौदिनुमा छ, थाकेर लड्नु र फेरी उठ्नुमा छ किनकि जिन्दगीको यहि रित हो जो आज अन्तिम छ भोली प्रथम पक्का हुन्छ बस निरन्तर दौडिनु जरुरी छ ।
११. एउटा मान्छेले जिन्दगीलाई सोधेछ कि किन सबैलाई खुसी दिदैनस ? तब जिन्दगीले भनेछ, म सबैलाई खुशी नै दिने गर्छु तर मान्छेको स्वभाव नै यस्तो छ कि एउटाको खुशी अर्कोको लागि दुख भईदिन्छ ।
१२. समस्या जतिनै ठुलो भए पनि यस्तो हुने सक्दैन कि त्यसको समाधान न होस् किनकि रात जतिनै अध्याँरो भएपनि सूर्यलाई उदाउनको लागि रोकेर राख्न सक्दैन ।
१३. दियो बोल्दैन किनकि उसको प्रकाशले उसको परिचय दिने गर्छ । त्यसैगरी तपाईको पनि शब्दले होइन तपाईको राम्रो कर्मले परिचय दिने गर्छ ।

१४. यदि जिन्दगीमा खुशी पाउनु छ भने मान्छेले भनेको कुरालाई मनमा लिन छोडीदिनुस् किनकि दुनियामा खोट लगाउनेको कमी छैन ।
१५. मान्छेले घर बदलिन्छ, सम्बन्ध बदलिन्छ, साथीलाई बदलिन्छ तर पनि ऊ किन खुशी हुन सक्दैन ? किनकि सबै बदलेर पनि उसले आफैलाई बदलिन बिर्सन्छ ।
१६. म पनि प्यारो थिए कुनै दिन कसैको नजरमा, तर नजर परिवर्तन हुन कहाँ समय लाग्दो रहेछ र ।

Facebook Comments Box

Related posts