खेलकुद Others Sports 

वेलायती टेनिस खेलाडी इमाले दिइन् नेपाली युवक अमृत मगर विरुद्ध उजुरी, अदालतद्धारा सजायको फैसला

काठमाडौ । विदेशमा अध्ययन गर्न वा वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले त्यहाँ पनि गैर कानुनी काम गरेका भेटिन्छन् । कति नेपाली विदेशको जे लमा छन् । हालै बेलायतमा पनि एक नेपालीलाई सजाय सुनाइएको छ । बेलायती महिला टेनिस खेलाडी इमा राडुकानुलाई पक्ष्याएको भन्दै एक नेपाली युवकलाई सजाय हुने भएको छ । सो घटनामा नेपाली युवकलाई अदालतले दो षी ठहर गरेको छ ।

यूएस ओपन च्याम्पियन तथा हाल बेलायती नम्वर एक महिला टेनिस खेलाडी राडुकानुलाई पक्ष्याएको भन्दै ३५ बर्षे नेपाली युवक अमृत मगरलाई अदालतले दो षी ठहर गरेको छ । डेलिमेलका अनुसार ब्रोम्ली मजिस्ट्रेट अदालतले अमृतलाई राडुकानुलाई बारम्बार पक्ष्याएको जनाएको छ ।

राडुकानुको घरमा जडान भएको सिसिटीभी फुटेजमा अमृत धेरै पटक देखिएको र उनले फुलहरु, प्रेम पत्रहरु उनको ढोकामा छोड्ने गरेको जनाएको छ ।
अमृतले यस्तो हरकत गरेपछि राडुकानुले आफु असुरक्षित भएको भन्दै उजुरी दिएकी थिइन । साथै उनले आफ्नो बयानमा पनि आफु एक्लै बाहिर जाँदा डर लाग्ने गरेको बताइकी थिइन ।

अमृतले उनलाई एक बर्षदेखि निरन्तर फलो गर्ने गरेको र पछि उनको घर नै पत्ता लगाएर ढोकामा पुग्ने गरेको बताइएको छ । अब अदालतले दो षी नै ठहर गरेर अर्को महिना सजाय सुनाउने भएको छ । यो घटनामा अमृतको आधिकारीक धारणा भने बाहिर आएको छैन ।

अमृतले पनि किन यस्तो गरे भन्ने कुरा उनका तर्फवाट केही सार्वजनिक भएको छैन । यो घटनाले बेलायतमा बस्ने नेपालीहरु बीच भने चर्चा पाएको छ । खेलाडीले मगरका सबै कृयाकलाप वारे जानकारी गराउँदै सरकार समक्षा असुरक्षा भएको बताए पछि ति नेपाली उपर कारवाही हुने भएको हो ।

Facebook Comments Box

Related posts