खेलकुद Football 

रोनाल्डोका फ्यानका लागि आयो निराशाजनक खबर

काठमाडौं

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो १५ वर्षपछि फिफाको उत्कृष्ट–११ मा पर्न असफल भएका छन् । फिफाले सोमबार राति ‘फिफा द बेस्ट’ को कार्यक्रममा फिफ्प्रो विश्व–११ सार्वजनिक गरेको थियो । र, फिफाले सार्वजनिक गरेको सन् २०२२ को उत्कृष्ट–११ मा रोनाल्डो पर्न असफल भए । उनी सन् २००७ पछि फिफाको विश्व–११ मा पर्न असफल भएका हुन् ।

गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलबाट बाहिरिँदा रोनाल्डोको प्रदर्शन निराशजनक थियो । विश्वकपमा उनी टिमको पहिलो रोजाईमा पर्नसमेत संघर्षरत देखिएका थिए । २०२२ मा व्यावसायिक फुटबलमा समेत जम्न नसकेका कारण रोनाल्डो फिफाको उत्कृष्ट–११ मा पर्न असफल भए ।

हाल साउदी अरेबियन क्लक अल नासरबाट खेलिरहेका रोनाल्डोले साउदी प्रो–लिगमा पछिल्लो समयमा भने आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिएका छन् । रोनाल्डोले अल नासरका लागि दुई ह्याट्रिकसहित आठ गोल र दुई असिस्ट गरिसकेका छन् ।

फिफ्प्रो पुरुष विश्व टिममा रियालका गोलकिपर थिबाउट कोर्तुवा, मोरक्कोका रक्षक अचराफ हाकिमी, लिभरपुलका भर्जिल भान डाइक, सिटीका जोओ क्यान्सेलोस सिटीका मिडफिल्डर केभिन डी ब्रुयना, रियालका लुका मोड्रिक, कासेमिरो, अर्जेन्टिनाका फरवार्ड लियोनेल मेस्सी, सिटीका एर्लिंग हालान्ड, फ्रान्सका करिम बेन्जेमा र काइलयन एमबाप्पे परे ।

रोनाल्डोसँगै सन् २००७ देखि नै फिफ्प्रो विश्व–११ मा पर्दै आएको अर्जेन्टिनी कप्तान २०२२ को पुरुषतर्फ वर्ष खेलाडी चुनिए । मेसीले फ्रान्सका फरवार्डद्वय काइलियन एमबाप्पे र करिम बेन्जेमालाई पछि पार्दै दोस्रो पटक फिफा ‘द बेस्ट’ चुनिएका हुन् ।

Facebook Comments Box

Related posts