खेलकुद Football 

आर्मीले जित्यो गोल्डकपको उपाधि, यी खेलाडी बने ‘हिरो’

इलाम

विभागीय टोली त्रिभुवन आर्मी क्लबले भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ । मेची रंगशालामा मंगलबार भएको फाइनलमा मछिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै आर्मी च्याम्पियन बनेको हो ।

खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । आर्मीलाई उपाधि दिलाउन गोलकिपर समित श्रेष्ठ नायक बने। श्रेष्ठले मछिन्द्रको २ प्रहार बचाएका थिए ।

पेनाल्टीमा आर्मीका जितेन्द्र कार्की, सन्तोष केसी, प्रज्वल गुरुङ र सुसान्त चौधरीले गोल गरे । सेसेहाङ आङ्देम्बेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए । मछिन्द्रका दिवाकर चौधरी, सुजल श्रेष्ठ र दिपेश घलेले गोल गरे।

रंजित धिमाल र देवेन्द्र तामाङको प्रहार आर्मीका गोलकिपर समितले बचाए । उपाधिसँगै आर्मीले १३ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको मछिन्द्रले ७ लाखमा चित्त बुझाएको छ ।

अर्जेन्टिनाका मुख्य प्रशिक्षकद्वारा सम्झौता नवीकरण

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले सम्झौता नवीकरण गरेका छन् । अर्जेन्टिना फुटबल एसोसियसनले मुख्य प्रशिक्षक स्कालोनीले सम्झौता थप गरेको जनाएको छ ।

४४ वर्षीय स्कालोनी २०२६ सम्म अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहने छन् । स्कालोनीले २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त आयोजना हुने फिफा विश्वकपसम्म अर्जेन्टिनाको टिम हेर्ने छन् ।

स्कालोनीले अर्जेन्टिनालाई कतार विश्वकपको उपाधि दिलाएका थिए ।उ नले अर्जेन्टिनालाई २०२१ मा कोपा अमेरिकाको उपाधि समेत दिलाएका थिए । अर्जेन्टिनाले २०१८ मा स्कालोनीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

Facebook Comments Box

Related posts