खेलकुद Football 

इन्टर मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

इटालियन क्लब इन्टर मिलान यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इन्टर मिलानले प्रि–क्वाटरफाइनलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई दोस्रो लेगमा गोलरहित बराबरी तथा समग्रमा १–० को जित निकाल्यो ।

सान सिरोमा भएको पहिलो लेगमा निकालेको १–० को जित नै इन्टरलाई अन्तिम आठमा पुग्न पर्याप्त भएको छ । गएराति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७–० गोलको फराकिलो अन्तरको जित तथा समग्रमा ८–१ गोलसँगै सिटी अन्तिम आठमा पुगेको हो ।

अब क्वाटरफाइनल पुग्ने अन्तिम दुई टोलीको टुंगो लाग्न बाँकी छ । रियल म्याड्रिड र लिभरपुल तथा नेपोली र आइनट्राख्ट फ्रान्कफुटमध्येबाट दुई टोली क्वाटरफाइनलमा पुग्नेछ । यसअघि बेन्फिका, चेल्सी, बायर्न म्युनिख र एसी मिलान क्वाटरफाइनलमा पुगिसकेका छन् ।

Facebook Comments Box

Related posts