खेलकुद Football 

दुई देशसँग खेल्ने अर्जेन्टिनाको नयाँ टिम घोषणा, यी खेलाडीले पाए मौका

काठमाडौँ

विश्वकप २०२२ को विजेता अर्जेन्टिनाले आगामी दुई मैत्रीपूर्ण खेलका लागि आफ्नो टिम घोषणा गरेको छ। अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले लियोनल मेस्सी, एन्जल डी मारिया, पाउलो डिबालासहित केही नयाँ खेलाडीलाई टिममा समावेश गरेका छन्।

अर्जेन्टिनाले पानामा र कुराकाओसँग मैत्रीपूर्ण खेल्दै छ। अर्जेन्टिनाले विश्वकप जित अंकित तीन तारे जर्सी लगाएर पहिलो पटक खेल्दै छ।

साथै यी दुई मैत्रीपूर्ण खेलमा मेस्सीले अर्जेन्टिनाका लागि आफ्नो सय गोल पूरा गर्न सक्ने सम्भावना रहेको छ। मेस्सीले अहिलेसम्म अर्जेन्टिनाका लागि ९८ गोल गरेका छन्। विश्वकपपछि सन्यास लिने विचार गरेका मेस्सीले आफू अझै केही वर्ष विश्वकप च्याम्पियन बनेर खेलिरहन चाहेको बनाइसकेका छन्।

अर्जेन्टिनाको टिम गोलकिपरका रूपमा फ्रान्को अर्मानी, एमिलिआनो मार्टिनज र गेरोनिमो रुलिले स्थान बनाएका छन्। डिफेन्डरमा जुआन फिओथ, गोन्जालो मोंटीएल, नाहूएल मोलिना, निकोलस ओटामेनडी, क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज, नेउहेन पेरेज, जर्मन पेज्जेल्ला, निकोलस टागलियाफिको र मार्कस अकुनाले मौका पाएका छन्।

यसैगरी मिडफिल्डरका रूपमा लाउतारो ब्लानको, लिओनार्दो पारेडेज, इन्जो फर्नानडेज, एलेक्सिस म्याक अलिस्टर, गुइड़ो रोड्रीगेज, म्याक्सिम पेर्रोन, एक्सेक्वेल पलासिओस, फाकुनडो बुनानोटे, रोड्रीगो डी पाउल थिआगो अल्माडा र गिओभानि लो सेल्सोले टिममा स्थान बनाएका छन्।

फरवार्डको रूपमा एन्जल डी मारिया, लियोनल मेस्सी, लाउतारो मार्टिनेज, जुलियन अल्भारेज, अलेजान्द्रो गर्नाचो, अलेजान्द्रो गोमेज, अन्जल कोरिया, पाउलो डिबाला, निकोलस गोन्जालेज, भलेन्टाईन कार्बोनी र एमिलिआनो बुनेडिया रहेका छन्। मुख्य प्रशिक्षक स्कालोनीले यी खेलाडीबाट अन्तिम टिम घोषणा गर्नेछन्।

अर्जेन्टिनी टिम :

Facebook Comments Box

Related posts