खेलकुद Cricket 

सन्दीपबारे पूर्वकप्तान ज्ञानेन्द्रले खोले मुख, दिए रोचक प्रतिक्रिया

काठमाडौं

नेपाली क्रिकेट टिम हालै एकदिवसीय विश्वकपको छनोट भयो। लिग–२ को अन्तिम खेलमा यूएईलाई डीएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो। योसँगै जिम्बाब्वेमा आयोजना हुने विश्वकप छनोटका लागि नेपाल छनोट भएको छ।

यूएईले नेपाललाई ३११ रनको ऐतिहासिक लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरिरहेको नेपाल खराब प्रकाशका कारण खेल रोकिँदा डीएलएका आधारमा नतिजा तय गरिएको हो। यसरी नतिजा तय गर्दा नेपाल ९ रनले विजयी भएको हो।

यो जितसँगै नामिबियालाई पछि पार्दै नेपाल लिग-२ को अंक तालिकामा तेस्रो स्थानमा उक्लियो। नेपालले ३६ खेलबाट ४० अंक जोड्यो। नामिबियाको ३९ अंक मात्र थियो। नेपालको जितले भने नामिबियाले क्वालिफायर प्लेअफ खेल्नुपर्ने भएको छ।

नेपालले लिग-२ का पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्यो। एक महिनामा लिग-२ को अंक तालिकाको छैटौं स्थानमा तेस्रो स्थानमा उक्लिएको नेपालले अघिल्लो महिना १८ अंक मात्र थियो। तर एक महिनाका १२ मध्ये ११ खेल जितेसँगै नेपालले ४० अंक जोडेर शानदार पुनरागमन गर्‍यो।

१० टिमबीच आमागी जुनमा जिम्बावेमा हुने विश्वकप छनोटमा लिग-२ बाट स्कटल्यान्ड, ओमान र नेपाल पुगेका छन्। यस्तै आयोजक जिम्बावे र नेदरल्यान्ड्सले पनि छनोट खेल्नेछन्। टेस्ट राष्ट्रले खेल्ने आइसिसी सुपर लिगबाट थप तीन राष्ट्रले विश्वकप छनोट खेल्नु पर्नेछ। अहिलेको अवस्थामा सुपर लिगको शीर्ष आठ भित्र नरहेका दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिजले विश्वकप छनोट खेल्नु पर्नेछ।

विश्वकप छनोटमा क्वालिफायर प्लेअफमा दुई टिम पनि पुग्नेछन्। यसरी १० टिमबीच हुने छनोटबाट दुई टिम भारतमा अक्टोबरमा हुने विश्वकपमा पुग्नेछन्। विश्वकपमा सुपर लिगमा ८ टिम र विश्वकप छनोटका २ टिम गरी १० टिमबीच प्रतिस्पर्धा हुनेछ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालका पछिल्ला १२ खेलमध्य ११ म्याच जितेको थियो। नेपालले एकदिवसीय मान्यता पनि जोगायो। प्रशिक्षक मोन्टी देसाईंको आगमन र सन्दीप लामिछानेको पुनारागमनले पनि टिमलाई ठूलो फाइदा भएको छ। जस कारण नेपाल अहिले एकदिवसीय विश्वकपको छनोटमा पुगेको हो।

यसैक्रममा नेपाली क्रिकेट टिमका अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले सन्दीप लामिछानेको बारेमा प्रतिक्रिया दिएका छन्। कान्तिपुर टीभीको ‘फायर साइड’ कार्यक्रममार्फत् उनले सन्दीपबारे आफ्नो भनाइ राखेका हुन्। उनले सन्दीपको खुलेरै प्रशंसा गरेका छन्। सन्दीप नेपाली क्रिकेट टिमको म्याच विनर खेलाडी भएको मल्लको भनाइ छ।

सन्दीपको प्रदर्शनबारे सोधिएको प्रश्नमा मल्लले भनेका छन्, ‘उनीबारे जुन घटना भयो त्यो दुःखद् छ। छिटोभन्दा छिटो बाँकी कुरा सबै टुङ्गियोस् भन्ने चाहन्छु। सन्दीप नेपाललाई चाहिएको खेलाडी हो। राम्रो खेलाडी र बलर हो। ऊ नेपालको लागि म्याच विनर हो। जुन किसिमले उसले कमब्याक गर्‍यो। हाम्रो खेल र जितमा उसको इम्प्याक्ट परेको छ। खेलाडीको रूपमा चाहिँ उसलाई म म्याच विनरको रूपमा हेर्छु,’

Facebook Comments Box

Related posts